तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक


२०८१ चैत ३ गते आइतबार । 

बैंककोे खबर । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुले पर्याप्त कर्जा विस्तार गर्न नसकेपछि केन्द्रीय बैंकले हरेक हप्ता बजारबाट पैसउा तानेर तरलता व्यवस्थापन गर्दै आएको छ । आज पनि निक्षेप संकलन उपकरणमार्फत बजारबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो । 

राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

साँवा र ब्याज भुक्तानी चैत २४ गते हुनेछ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । 

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको निक्षेप राख्नका लागि आवेदन दिन सक्नेछन् 

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस