नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट


२०८१ चैत ३ गते आइतबार ।

सेयर खबर । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम सर्टलिस्ट गरिएको छ ।  ‘सर्टलिस्ट’ मा पर्नेमा चुडामणि चापागाईं, नारदकुमार लुइटेल,  पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए ।सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । 

समितिले व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि चैत ६ गते बुधबार बोलाएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस