कुमारी बैंकको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा बैंकको खबर १२ महिना पहिले बैंक खबर । कुमारी बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर मूल्य बढाबढ (बोलकबोल) मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी, व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाले शेयर खरिदका लागि आवेदन दिन सक्ने जनाएको छ । शेयर खरिदका लागि वैशाख १९ गते मंगलबारदेखि जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ । सोही मूल्य वा सो भन्दा बढी मूल्य तोकेर बोलकबोलमा सहभागि हुन सकिनेछ । बैंकका अनुसार शेयर खरिदका लागि प्राप्त शिलबन्दी बोलपत्रहरु जेठ २५ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा खोलिने छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले