नेप्सेको सीईओका लागि १० जनाको आवेदन
२०८१ फागुन २५ गते आइतबार ।
सेयर खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ । नेप्सेको सीईओ सिफारिस समितिले फागुन १२ गते दरखास्त आश्वान गरेको थियो भने आज फागुन २५ गते आइतबार साँझ ५ बजेसम्म आवेदन दिन मिल्ने समय तोकिएको थियो । जसमा १० जनाले आवेदन दिएका हुन् ।
सीईओका लागि पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त वश्याल र मुकुन्दराज जोशीको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेप्सेमा भर्खरै कार्यकाल सक्काएर बाहिरिएका कृष्णबहादुर कार्कीले पनि आवेदन दिएका छन् । उनले यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पनि आवेदन दिएका थिए ।
All banking information at your fingertips.