आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २७ गते


बीमा खबर । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका, २०७९ को परिच्छेद–४, को दफा (९)को उपदफा (१) प्रयोजनार्थ वैशाख २७ गते बुधबारदेखि दुई कम्पनी एक आपसमा मर्ज भई आइजीआई पु्रडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको हो । 

आइएमई जनरल र प्रुडेन्सियलबीच २०७९ माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति भएको थियो । दुई कम्पनी एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस