वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो’ मूल्यांकन गर्न ६ कम्पनी ‘सर्टलिस्ट’


२०८१ फागुन १९ गते सोमबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको  ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न गर्न परामर्श सेवा दिनको लागि ६ वटा विदेशी कम्पनी सर्टलिस्टमा परेको जनाएको छ । 

राष्ट्र बैंकले श्रीलंकाको डेलोइट पार्टनर्स, बंगलादेशको हावलादर यूनुस एण्ड कम्पनी, भारतको केपीएमजी एसोसिएट एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, मेहरा-जेकेएसएस-एसएसदीडीआई-जेभी (नेपालको सृुवेदी एण्ड एसोििसएट्स थापाथली, भारतको मेहरा गोएल एण्ड कम्पनी र भारतकै जेीएसएस एण्ड एसोसिएटस), भारतकै एमएसकेए एण्ड एसोसिएट्स र जेभीः एसआरबीए एण्ड बी.के अग्रवाल कम्पनी (लिड एसआर बातलिबोई एण्ड एसोसिएट्स भारत र बीके अग्रवाल एण्ड कम्पनी नेपाल) सर्टस्टिमा परेका हुन् । 

सर्टलिस्टमा परेकाहरुलाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्ने जनाएको छ । 

राष्ट्र बैंकले २०८१ मंसिर ५ गते यसको लागि टेण्डर आह्वान गरेको थियो । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक खरिद ऐन, २०६३ र राष्ट्र बैंक सार्वजनिक खरिद विनियमावली, २०७१ अनुरूप उक्त कम्पनीहरूको छनोट गरेको हो ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस