सेवन्तक पोखरेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त
बैंकको खबर । नेपाल सरकार अर्थ मन्त्रीस्तरको निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा सेवन्तक पोखरेल मनोनयन भएका छन् ।
नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएको बैंकले जनाएको छ ।
सो अवसरमा कृषि विकास बैंक लि.का सञ्चालक सदस्यहरु डा.हरिबहादुर के.सी, गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरांगाई, रीता सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
All banking information at your fingertips.