सात अंकले बढ्यो सेयरबजार
२०८१ फागुन १३ गते मंगलबार ।
सेयर खबर । सेयरबजारमा मंगलबार कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ८८ विन्दुमा कायम भएको छ । नौ अर्ब ९० करोड ९३ लाख रुपैयाँ बराबरको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका २४५ कम्पनीमध्ये १०४ वटाको सेयरमूल्य बढेको छ । बाँकीमध्ये १३२ वटाको सेयरमूल्य घटेको छ भने ९ वटाको स्थिर रहेको छ ।
बैंकिङ, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूह बढेका छन् । विकास बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र ब्यापार समूह घटेका छन् ।
आजपनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत बढेको छ । यस्तै नेपाल ल्युब आयलको सेयरमूल्य ९.९७ प्रतिशत बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै आठ दशमलव ९७ प्रतिशत घटेको छ ।
हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब दुई करोड ६२ लाख रुपैयाँ बराबरको भएको छ ।
All banking information at your fingertips.