सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


२०८१ फागुन १३ गते मंगलबार । 

बीमा खबर । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । 

फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्येमा १.२४ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस