बीमा प्राधिकरणको अध्यक्षमा ओझा


२०८१ फागुन १२ गते सोमबार ।

बीमा खबर । नेपाल बीमा प्राधिकरणको अध्यक्ष्ँमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्ष पदका लागि ओझा सहित रामशरण पुडासैनी र दामोदर बसौेलाको नाम सिफारिस गरेको थियो । 

पुडासैनी र बसौलालाई पछि पार्दै ओझा अध्यक्ष बन्न सफल भएका हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा नियुक्त भएका हुन् । ओझा यसअघि अध्यापन र पत्रकारिता पेसामा सक्रिय थिए । 

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । त्यसपछि सिफारिस समितिले फागुन ५ गते पाँच जनाकको नाम मसर्टलिस्ट गरी फागुन १० गते अन्तरवार्ता र कार्ययोजना प्रस्तुत गर्नका लागि बोलाएको थियो । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस