नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन 


२०८१ फागुन ११ गते आइतबार ।

बीमा खबर । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (फागुन ११ गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। 

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ६७ हजार ५०० कित्ता कर्मचारी र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । 

आजदेखि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

सेयर किन्न इच्छुक लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

All banking information at your fingertips.

शेयर गर्नुहोस