आगामी आर्थिक वर्षको बजेट करिब १९ खर्बको हुने
२०८१ फागुन ६ गते मंगलबार ।
अर्थतन्त्र। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने सुझाव अर्थमन्त्रालयलाई दिएको छ ।
आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरि यस्तो सुझाव दिएको हो ।
त्यसैगरी आयोगले आर्थिक वर्ष २०८२/८३को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्गदर्शन पनि अर्थमन्त्रालयमा पेश गरेको छ ।
All banking information at your fingertips.