बैंकिङ प्रणालीमा हटेन अधिक तरलता समस्या, केन्द्रीय बैंकले फेरि ४० अर्ब तान्दै
२०८१ फागुन ६ गते मंगलबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ फागुन ६ गते) ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थितिमा सुधार आउन नसकेपछि केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत लगातार पैसा तान्दै आएको छ ।
आजपनि २२ दिनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । यो निक्षेप संकलन उपकरण २०८१ फगाुन २८ गते परिपक्व हुनेछ ।
All banking information at your fingertips.