स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने


२०८१ फागुन ६ गते मंगलबार । 

बैंकको खबर । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री गर्ने भएको छ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्काशन गर्न लागेको हो। 

सर्वसाधारण लगानीकर्ताले फागुन १८ गतेदेखि २१ गतेसम्म एफपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग भएजति आवेदन परेन भने निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिने छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

एफपीओ निष्काशनका क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

All banking information at your fingertips.

शेयर गर्नुहोस