पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सरकार


२०८१ फागुन ५ गते सोमबार । 

बैंकको खबर । सरकारले पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

फागुन  ६ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज १० बजेदेखि ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयले जनाएको छ । यो ट्रेजरी बिल २०८२ भदौ ३ गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस