सेयरबजार साढे १९ अंकले बढ्यो
२०८१ फागुन ४ गते आइतबार ।
सेयर खबर । सेयरबजारमा आइतबार कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ विन्दुमा कायम भएको छ।
नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ रुपैयाँ बराबरको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता सेयर किनबेच भएको छ ।
आज म्युचुअल फण्ड र निर्जीवन बीमा समूह बाहेक सबै समूह बढेका छन् । लगानीकर्ताको आकर्षण फाइनान्स समूहमा देखिएको छ । यो समूह चार दशमलव ९४ प्रतिशत बढेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गार्डियन माइक्रो लाइफको सेयर कारोबार सकारातमक सर्किट लेभलमा भएको छ । न्यादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ रुपैयाँको सेयर कारोबार भएको छ ।