आइएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २१.०५२६४ प्रतिशत लाभांश दिने


२०८१ माघ ३० गते बुधबार ।

बीमा खबर । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

इन्स्योरेन्सको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत अर्थात एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरे पछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस