घट्यो डलर, युरो र पाउण्डको भाउ
२०८१ माघ ३० गते बुधबार ।
बैंकको खबर । नेपाली बजारमा आज अमेरिकन डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३९ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो माघ २९ गते एक डलरको खरिददर १३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४० रुपैयाँ २७ पैसा थियो ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ दुई पैसा र बिक्रीदर १४३ रुपैयाँ ६४ पैसा तोकिएको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९५ पैसा थियो ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि आज घटेको छ । राष्ट्र बैंकले आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो बेलायती पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा थियो ।
All banking information at your fingertips.