साइपालमा एभरेष्ट बैंकको शाखा विस्तार, गभर्नर अधिकारीले गरे उद्घाटन


२०८१ माघ २८ गते सोमबार । 

बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाऊँपालिकामा शाखा विस्तार गरेको छ । यससँगै देशका ७५३ वटै सनीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ । एभरेष्ट बैंकको यो शाखा १२९औँ कार्यालय रहेको छ ।

नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका पुगेर बैंकको शाखाको औपचारीक उद्घाटन गरेका छन् । 

उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती थियो ।

भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अति दुर्गम मानिने र मोटर बाटोको समेत पहुँच नभएको यस पालिकामा शाखा कार्यालय खोल्नु कठिन र चुनौतीपूर्ण रहेको भएपनि सो कार्य सम्पन्न गरेको बैंकले जनाएको छ । 
सो अवसरमा गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए । साथै अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य भएको बताए । 

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखाकार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक बिकाशमाथप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस