नेप्सेमा दोहोरो अङ्कको गिरावट


२०८१ माघ २७ गते आइतबार । 

सेयर खबर । सेयरबजार कारोबार मापक नेप्से परिसूचकमा आज दाहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से ११.४९ अङ्कले घटेर दुई हजार छ सय ८८.३१ को विन्दुमा झरेको छ ।

आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका २४३ कम्पनीमध्ये १६७ वटाको सेयरमूल्य घट्दा बजार रातो बनेको हो । तर ७० कम्पनीको सेयरमूल्य बढेको छ भने ६ वटाको स्थिर रहेको छ ।

आजको कारोबारमा फाइनानस समूह ०.८०, उत्पादन तथा प्रशोधन ०.१५, लघुवित्त ०.२५ र व्यापार समूह १.३९ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.३५ प्रतिशत र अन्य समूह १.३० प्रतिशतले घटेको छ । त्यसपछि बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.५०, लगानी ०.३९, जीवन बीमा ०.७६, म्युचुुअल फन्ड ०.३४ र निर्जीवन बीमा ०.५७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनी रहेका छन् । यो कम्पनीको सेयर मूल्य ६.५२ प्रतिशतले घटेको छ ।

शेयर गर्नुहोस