बढ्यो जीवन विकास लघुवित्तको नाफा
२०८१ माघ २२ गते मंगलबार ।
बैंकको खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८१८२को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
समीक्षा अवधिमा लघुवित्तले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन एक वर्ष अघिको तुलनामा १५.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससमम लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १२.०४ प्रतिशत र सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। प्रतिसेयर आम्दानी एक वर्ष अघिको तुलनामा ४ रुपैयाँ ११ पैसा बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ। यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.६० गुणा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ। यस्तै प्रतिसेयर वितरणयोग्य आम्दानी १०७ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
एक अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा दुई अर्ब १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ।
All banking information at your fingertips.