सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
२०८१ माघ २२ गते मंगलबार ।
बीमा खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा समान्य बढेको छ । इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही बढेको छ ।
गत पुस मसान्तसम्म इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत वर्ष छ महिनामा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस आर्थिक वर्षको छ महिनामा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत बढेको छ भने कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ। यस अवधिमा इन्स्योरेन्सको दाबी भुक्तानी २२.२६ प्रतिशत बढेको छ ।
पाँच अर्ब एक करोड १९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै प्रतिसेयर आम्दानी एक वर्ष अघिको तुलनामा ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ ।