लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा
२०८१ माघ २२ गते मंगलबार ।
बीमा खबर । शिखर इन्सुरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे साधारणसभा सुरु हुने जनाएको छ ।
साधारणसभाले कम्पनी सञ्चालक समितिले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, साधारणसभाले आर्थिक वर्ष २०८०.८१ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाहमा छलफल गरि पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने काम पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्र्राप्त गर्न सक्नेछन् ।
All banking information at your fingertips.