डलरमा व्यापार नगरे सतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


२०८१ माघ १८ गते शुक्रबार । 

अन्तर्राष्ट्रिय । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरुलाई अमेरिकी डलरमा व्यापार नगरे सतप्रतिशत कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले यसअभि पनि यस्तो चेतावनी दिएका थिए । 

ट्रम्पले शुक्रबार यदि ब्रिक्स देशहरुले अमेरिकी डलरलाई अन्तर्राष्ट्रिय व्यापारबाट हटाउने प्रयास गरेमा उनीहरुले १०० प्रतिशत शुल्कको सामना गर्नुपर्ने बताएका हुन् । उनले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन् । 

ट्रम्पले ब्रिक्स राष्ट्रहरुसँग नयाँ मुद्रा नबनाउन र डलर बाहेक अरु कुनै मुद्रालाई विकल्प नबनाउने ग्यारेन्टी गर्न माग गरेका छन् । यदि ब्रिक्स राष्ट्रहरुले त्यसो नगरेमा अमेरिकासँगको व्यापारमा सतप्रतिशत शुल्क लगाउने चेतावनी दिएका हुन् । 

ब्रिक्स विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुको समूह हो जसमा अमेरिका समावेस छैन । ब्राजिल, रसिया, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र युएई ब्रिक्समा समावेस छन् । 

पछिल्लो केही वर्षदेखि रुस र चीनले अमेरिकी डलरको विकल्पका रुपमा ब्रिक्स मुद्रा बनाउने प्रयास गरिरहेका छन्, जसमा हालसम्म कुनै सहमति भएको छैन । 

अमेरिकाले डलरको आधारमा अर्बौं कमाउँछ
स्वीफ्ट नेटवर्क सन् १९७३मा २२ देशहरुमा पाँच सय १८ वटा बैंकहरुसँग सुरु भएको थियो । हाल दुई सय भन्दा बढी देशका ११ हजार बैंकहरु स्वीफ्टमा समावेश छन् । जसले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी बैंकहरुमा राख्छन् । 

सबै देशहरुले जम्मा गरेको यस्तो पैसा करिब ७.८ ट्रिलियन डलर छ । जुन पैसा अमेरिकाले आफ्नो विकासका लागि प्रयोग गर्दै आएको छ । 

शेयर गर्नुहोस