क्रिप्टो करेन्सी कारोबार र ठगी आरोपमा सात जना पक्राउ बैंकको खबर २ महिना पहिले २०८१ माघ १८ गते शुक्रबार । काठमाडौँ । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । प्रहरीले उनीहरूका साथबाट दुई थान सुपर कम्प्युटर, १३ थान मोबाइल, विभिन्न व्यक्तिका नाममा जारी बैङ्कका चेक १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । उनीहरुले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरूले विभिन्न बैङ्क तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैङ्क तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैङ्क तथा वालेटमा पुहँच पुर्याइ रकम ठगी गर्ने गरेको खुलेको पनि प्रहरीले जनाएको छ ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैङ्क तथा वालेटमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले