हिमालयन लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने


२०८१ माघ १५ गते मंगलबार ।

बीमा खबर । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट  आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ।

इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारणसभा डाकेको हो। साधारणसभा बिहान साढे १० बजे शुरु हुनेछ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिले बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने प्रस्ताव पनि गरेको छ । यस्तै साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिन सेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने भएको छ। त्यसैले माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा भाग लिन र पारित भएको बोनस सेयर प्राप्त गर्न सक्नेछन् । 

शेयर गर्नुहोस