ज्योति विकास बैंकका ग्राहकलाई सिग्मा डाइग्नोस्टिकमा छुट
२०८१ माघ १४ गते सोमबार ।
बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित सिग्मा डाइग्नोस्टिक ल्याब्रोटरीमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
All banking information at your fingertips.