जीवन बीमा कमपनीहरुले छ महिनामा गरे ८१ अर्ब बढीको ब्यापार
२०८१ माघ ९ गते बुधबार ।
बीमा खबर । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउनदेखि पुस)सम्म ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपालमा अहिले १४ वटा जीवन बीमा कम्पनी र तीन वटा लघु बीमा कम्पनी सञ्चालनमा छन् ।
जीवन बीमा कम्पनीहरुको ब्यापार पुस महिनामा मात्रै १५ अर्ब तीन करोड १५ लाख रुपैयाँले बढेको छ । मंसिरसम्म जीवन बीमा कम्पनीहरुले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बीमा शुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बीमा शुल्क एक अर्ब ४३ करोड ४३ लाख तथा नवीकरणबापत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
यस्तै, तीन वटा लघु बीमा कम्पनीहरुले ६ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यसमध्ये २८ करोड ७ लाख प्रथम बीमा शुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बीमा शुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपैयाँ संकलन गरेका छन् ।
All banking information at your fingertips.