सेयरबजारमा लगानीकर्ताको कन्फिडेन्स बढेको हो ? कारोबार रकमसँगै बढ्यो नेप्से


२०८१ माघ ९ गते बुधबार । 

सेयर खबर । सेयर बजारमा आज कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम दुवैमा उल्लेख्य सुधार भएको छ । 

कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ विन्दुमा कायम भएको हो । नौ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ रुपैयाँको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये १३६ वटाको सेयरमूल्य बढेको छ । ३७ वटाको घटेको छ भने नौ वटाको स्थिर रहेको छ । 

समूहगत सूचकहरु पनि सबै बढेका छन् । यअन्य समूहमा लगानीकर्ताको आकर्षण बढी देखियो । यो समूह ४.२४ प्रतिशत बढेको छ । यस समूहमा पर्ने नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल वेयर हाउसिङ कम्पनीको सेयरमूल्यमा राम्रो वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी र रिपब्लिक मिडियाको सेयरमूल्यमा गिरावट आएको छ । 

अन्य समूहपछि लगानी समूह तीन दशमलव ८२ प्रतिशत, बैंकिङ एक दशमलव ३२, विकास बैंक दुई दशमलव ७४, वित्त शून्य दशमलव ८९, होटल तथा पर्यटन दुई दशमलव ७१ र जलविद्युत् समूह दुई दशमलव ७१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा समूह एक दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य आठ, लघुवित्त एक दशमलव शून्य सात, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बिमा एक र व्यापार समूह दुई दशमलव ४५ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजार पुँजीकरण ८७ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । साधारण सेयरतर्फको पुँजीकरण २६ अर्ब रुपैयाँ घटेर १४ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस