बैंकिङ प्रणालीबाट आज पनि ९० अर्ब तान्दै राष्ट्र बैंक
२०८१ माघ ९ गते बुधबार ।
बैंकको खबर । नपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उठाएको एक खर्ब ५७ अर्ब रुपैयाँ फिर्ता नदिँदै आज फेरि ९० अर्ब रुपैयाँ तान्न लागेको छ ।
बैंकहरुले ऋण लगानी बढाउन नसक्दा प्रणालीमा पैसा थुप्रिदै गएको छ । त्यसैले अधिक तरलताको स्थिति आउन नदिन केन्द्रीय बैंकले यस आर्थिक वर्षको सुरु देखिनै प्रणालीबाट पैसा तानिरहेको छ ।
राष्ट्र बैंकले सो पैसा निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको जनाएको छ ।
All banking information at your fingertips.