सुनचाँदीको मूल्य बढ्यो
२०८१ माघ ९ गते बुधबार ।
बैंकको खबर । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ बढेको छ भने चाँदीको २० रुपैयाँले बढेको छ ।
आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँ थियो ।
चाँदी आज प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँ थियो ।