आइसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने


२०८१ माघ ९ गते बुधबार । 

बैंकको खबर । आइसीएफसी फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री निष्काशन गरेको छ । 

आइसीएफसीले ९ प्रतिशत ब्याज दिनेगरी ७ वर्ष अवधिको  ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।

फाइनान्सले प्रतिइकाई १ हजार रुपैयाँ दरका ३ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । 

ऋणपत्रको बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म बिक्रीमा सबै ऋणपत्र बिक्री नभएमा निष्काशन अवधि माघ २३ गतेसम्म लम्बिनेछ ।

ऋणपत्र खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

All banking information at your fingertips.

शेयर गर्नुहोस