नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२०८१ माघ ९ गते बुधबार ।

बीमा खबर । आज माघ ९ गते, बुधबार, नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १० गते अर्थात भोली एक दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तोकेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले माघ २८ गते, होटल भिष्वा, वीरगंजमा २५ औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा बिहान ९ बजे शुरु हुनेछ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनासहित ११.०५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

यस्तै, साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेछ । 
 

२०८१ माघ ९ गते बुधबार ।

All banking information at your fingertips.

शेयर गर्नुहोस