माघ २४ गतेदेखि ‘एनएमबि हाईब्रिड फण्ड एल २’ निष्काशन गर्दै एनएमबि क्यापिटल


२०८१ माघ ८ गते मंगलबार ।

बैंकको खबर । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल २’ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ । 

क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित दरका १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल २’ दश वर्षे बन्दमुखी योजना भएको क्यापिटलले जनाएको छ । 

फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई र १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । 

उक्त फण्डमा न्यूनतम १०० इकाई देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । फण्डमा लगानी गर्न चाहने लगानीकर्ताले माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै इकाई बिक्री नभएमा बिक्री निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस र योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ्ग प्रदान गरेको छ। 

All banking information at your fingertips.

शेयर गर्नुहोस