नबिल बैंकको नाफा सामान्य बढ्यो


२०८१ माघ ७ गते सोमबार ।

बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा १.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिलले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो । 

पुस मसान्तसम्म बैंकले चार खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंक्को खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ भएको छ । खुद ब्याज आम्दानी घटे पनि इम्पेरिमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो । एक वर्ष अघि १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज रहेकोमा अहिले १ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । निष्क्रिय कर्जा १.७० प्रतिशत रहेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस