एनआइसी एसिया बैंकको वित्तीय अवस्था विग्रदै, नाफा ह्वात्तै घट्यो, ईपीएस २ रुपैयाँ ४ पैसा
२०८१ माघ ७ गते सोमबार ।
बैंकको खबर । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा एक वर्ष अघिको तुलनामा ९२.०३ प्रतिशत कम हो । गत वर्ष पुस मसान्तमा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेको कारण बैंकको नाफामा उच्च गिरावट आएको हो । खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेर ५ अर्ब १८ करोड रुपैयाँ भएको छ । गत वर्ष दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी ५ अर्ब ५४ करोड रुपैयाँ थियो ।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा नाफामा गिरावट देखिएको हो ।
बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा छ।
छ महिनामा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।
All banking information at your fingertips.