प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो
२०८१ माघ ७ गते सोमबार ।
बैंकको खबर । चालू आर्थिक वर्ष २०८१/८२को दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा बढेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गतवर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो । गतवर्ष दोस्रो त्रैमासमा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ ।
बैंकको खराब कर्जा एक वर्ष अघिको तुलनामा ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक छ ।
All banking information at your fingertips.