ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब पाँच करोड मुनाफा


२०८१ माघ ७ गते सोमबार ।

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२को दोस्रो त्रैमाससम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी नाफा कमाएको छ । गतवर्ष पुस मसान्तसम्म बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ । तरपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको देखिन्छ । एक वर्षअघि बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेकोमा अहिले घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ। 

पुस मसान्तसम्म बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। 

यस्तै बैंकको प्रतितिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। 

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। 

All banking information at your fingertips.

शेयर गर्नुहोस