अमेरिकी डलरको भाउमा गिरावट, युरो र पाउण्डको भाउ बढ्यो


माघ ३ गते बिहीबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा थियो । 

युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ भने आज बढेको छ । आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा कायम छ । हिजो युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा थियो । बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा छ । हिजो पाउण्ड एकको खरिददर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा थियो । 

यसैगरी आज स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस