सुनचाँदीको मूल्य बढ्यो


२०८१ माघ २ गते बुधबार । 
बजार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य १ हजार ८३० रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस