माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै आईसीएफसी फाइनान्स
२०८१ पुस २९ गते सोमबार ।
बैंकको खबर । आईसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ बिक्री गर्न लागेको हो ।
इनान्सले १००० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
फाइनान्सले निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री हुनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी हुनेछ ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
पुस ९ गतेदेखि खुला हुने ऋणपत्रको निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा माघ २३ गतेसम्म निष्काशन अवधि लम्बिनेछ ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
ऋणपत्र खरिद गर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
All banking information at your fingertips.