माघ महिनाका लागि बैंकहरुले तोके नयाँ ब्याजदर
२०८१ पुस २९ गते सोमबार ।
बैंकको खबर । वाणिज्य बैंकहरुले माघ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले माघमा पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
कृषि विकास र नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । अरु बैंकहरुले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपमा माघ महिनामा औसत ६.००१ प्रतिशत ब्याजदर कायम गरेका छन् । यो ब्याजदर पुसको तुलनामा ०.०१५५ प्रतिशत विन्दु कम हो । पुसमा औसत ब्याजदर ६.०१६५ प्रतिशत थियो ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिदै गएको छ । कर्जाको माग न्यून छ । यहीकारण बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । तर कात्तिक यता मुद्रास्फीति दर बढ्न थालेपछि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छैनन् । केही बैंकरले अब ब्याजदर यो भन्दा तल जान सक्ने ठाउँ नरहेको बताउँदै आएका छन् । कर्जाको माग न्यून हुँदा करिब डेढ वर्षदेखि बैंकहरुले ब्याजदर घटाउँदै आएका थिए ।
बैंकको नाम | २०८१ पुस | २०८१ माघ |
नेपाल बैंक | ५.६ | ५.६ |
कृषि विकास बैंक | ५.५ | ५.५१ |
राष्ट्रिय वाणिज्य बैंक | ६ | ६ |
एभरेष्ट बैंक | ६ | ६ |
एनआईसी एसिया बैंक | ६.६ | ६.६ |
नबिल बैंक | ५.७५ | ५.७५ |
नेपाल एसबिआई बैंक | ६ | ५.५ |
सानिमा बैंक | ६.०५ | ६.०५ |
सिटिजन्स बैंक इन्टरनेशनल | ५.६५ | ५.६५ |
प्राइम कमर्सियल बैंक | ६.२५ | ६.२५ |
कुमारी बैंक | ५.९१ | ५.९१ |
एनएमबि बैंक | ६.६ | ६.६ |
ग्लोबल आइएमई बैंक | ५.७५ | ५.७५ |
स्टाण्डर्ड चार्टर्ड बैंक | ६.२५ | ६.२५ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ६.५ | ६.५ |
लक्ष्मी सनराइज बैंक | ५.५ | ५.७५ |
सिद्धार्थ बैंक | ६ | ६ |
हिमालयन बैंक | ६.२५ | ६.२५ |
माछापुच्छ्रे बैंक | ६ | ६ |
प्रभु बैंक | ६.१ | ६.१ |
औसत ब्याजदर | ६.०१६५ | ६.००१ |
All banking information at your fingertips.