जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने


२०८१ पुस २८ गते आइतबार । 

बैंकको खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । 

पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८०८१को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्ध्ति अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गरी आर्थिक वर्ष २०८०८१मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले पारित गरेको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभा प्रयोजनका लागि प्रकाशन गरिने लघुवित्तले जनाएके छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस