महुली लघुवित्तले लाभांश वितरण नगर्ने


२०८१ पुस २५ गते बिहीबार ।

बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । 

पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई संचित गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

All banking information at your fingertips.

शेयर गर्नुहोस