नारायणी डेभलपमेन्ट बैंकको करिब साढे ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
२०८१ पुस २४ गते बुधबार ।
बैंकको खबर । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ९४ हजार ४३५ कित्ता संस्थापक सेयर हाल कायम संस्थापक सेयरधनीहरुले खरिद गर्न सक्नेगरी बिक्रीमा ल्याएको हो ।
केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकोले २०८१ पुस २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले खरिद गर्न सकनेगरी जानकारीको लागि सूचना जारी गरेको छ ।
इच्छुक कुनैपनि संस्थापक सेयरधनीले सूचना प्रकाशिन भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय, रत्ननगर १, टाँडी, चितवनमा आफूले खरिद गर्ने सेयर कित्ताको ब्यहोरा खुलाई निवेदन दिन सक्नेछन् ।
तोकिएको म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धि आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।
All banking information at your fingertips.