बैंकिङ प्रणालीमा थुप्रिएको ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


२०८१ पुस २४ गते बुधबार ।
 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुले ऋण लगानी बढाउन नसक्दा प्रणालीमा पैसा थुप्रिदै गएको छ । अधिक तरलता हुन नदिन राष्ट्र बैंकले प्रणालीबाट पैसा तान्दै व्यवस्थापन गर्दै आएको छ । 

आज पनि १४ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत सो रकम प्रशोचन गर्न राष्ट्र बैंकले सूचना जारी गरेको हो । 
निक्षेप संकलनको बोलकबोल मध्यान्ह २ बजेसम्म हुने र बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । संकलन गरिएको निक्षेपको साँवा ब्याज भुक्तानी माघ ९ गते हुने राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।   

All banking information at your fingertips.

शेयर गर्नुहोस