कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी कार्य स्थगन
२०८१ पुस २३ गते मंगलबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानी कार्य स्थगन गरेको छ । बैंकले सूचना जारी गर्दै बैंकले पुस २६ गते (शुक्रबार) सम्मका लागि निक्षेप भुक्तानीको काम रोकिएको जानकारी गराएको हो ।
राष्ट्र बैंकद्वारा गठित बैंक व्यवस्थापन समूहले तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको लागि काम भइरहेको र सो का लागि केही समय आवश्यक पर्ने भएको भन्दै निक्षेप भुक्तानीको काम स्थगन गरिएको जनाएको छ ।
बैंकमा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको काम पुनः सुचारु हुने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार हाल पहिलो चरणमा निक्षेप भुक्तानी गर्ने कार्यलाई पहिलो प्राथामिकतामा राखेर काम भइरहेको र नियमानुसार क्रमशः भुक्तान हुँदै जाने व्यवस्थापन समूहले आग्रह गरेको छ ।
All banking information at your fingertips.