चीनको दिंगे कान्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प
२०८१ पुस २३ गते मंगलबार ।
काठमाडौं । चीनको दिंगे कान्टी केन्द्रविन्दु भएर आज बिहान ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल र चीनको सीमानामा पर्ने तिब्बतको दिंगे कान्टीमा भूकम्प महसुस भएको हो ।
बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का नेपाल, चीन, भुटान, भारत र बंगलादेशमा महसुस गरिएको थियो ।