बैंकिङ प्रणालीबाट आज ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
२०८१ पुस २१ गते आइतबार ।
बैंकको खबर । बैंकहरुले कर्जा विस्तार गर्न नसकेपछि राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आजपनि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न सूचना जारी गरेको हो ।
निक्षेप संकलनका लागि आज मध्यान्ह २ बजेसम्म बोलकबोल हुनेछ । बोलकबोल सकिएपछि निक्षेप संकलन उपकरण आजै जारी हुनेछ भने माघ १३ गते साँवा तथा ब्याज भुक्तानी हुनेछ ।
निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । यो निक्षेप उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
२०८१ पुस २१ गते आइतबार ।
All banking information at your fingertips.