एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने
२०८१ पुस २१ गते आइतबार ।
बैंकको खबर । एआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८०/८१को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनुपर्ने रकमहरु व्यवस्था गरेपछि संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले हालको लागि संस्थाको सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारणसभा प्रयोजनार्थ राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।
All banking information at your fingertips.